काठमाण्डौं-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन समृद्धितर्फको यात्रा भएकाले मतदान गरेर राष्ट्रिय कर्तव्य पूरा गर्न मतदातासँग आग्रह गरेका छन् । गृह जिल्ला तनहुँको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले दमौलीको सत्यवती मा वि ‘ग’ निर्वाचन केन्द्रमा मतदान गर्दै ७० वर्षदेखिको लोकतान्त्रिक आन्दोलनका उपलब्धि साकार गर्न यो निर्वाचन महत्वपूर्ण भएको टिप्पणी गरे ।


ADVERTISEMENT


मतदाताप्रति आफूलाई विश्वास भएको बताउँदै पौडेलले अवरोधका बाबजुद मतदाताले मतदान गर्ने विश्वास व्यक्त गरे । उनले राष्ट्र, समाज र भविष्यप्रतिको कर्तव्य पूरा गर्न निर्भयतापूर्वक मतदानमा सहभागी हुन आग्रह गरे । कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँमा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग प्रतिष्पर्धामा छन् । तनहुँमा २ लाख ११ हजार ३ सय ९६ मतदाता मतदानमा सहभागी हुँदैछन् ।


ADVERTISEMENT

# # #


जिल्लामा ‘हाई प्रोफाइल’ नेता चुनाव लडेका कारण सुरक्षा व्यवस्था कडा पारिएको छ । चिसोका कारण मतदाता बिहान ७ बजे मतदानस्थलमा कम देखिए पनि बिस्तारै मतदान स्थलमा चहलपहल बढ्न थालेको छ ।