काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सोमबार पनि जारी छ । काठमाडौंको प्रज्ञा भवनमा जारी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पेश गरेका राजनीतिक प्रतिवेदनमा साथै पार्टीको सांगठानिक बिषयमा छलफल भइरहेको छ ।


ADVERTISEMENT


त्यस्तै स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल गर्ने बैठकका एजेण्डा रहेका छन् । यसअघि आइतबार सुरु भएको बैठकमा प्रदेशका अध्यक्ष तथा इन्चार्जहरुले रिपोर्टिङ गरेका थिए । सो क्रममा उनीहरुले केन्द्रीय पदाधिकारीदेखि प्रदेशलगायत सबै तहका कमिटीलाई पूर्णता दिनुपर्ने माग राखेका थिए ।


ADVERTISEMENT

# # #


केन्द्रीय कमिटी बैठक मंगलबार सम्पन्न हुने माओवादीले जनाएको छ ।