काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आगामी कात्तिक महिनाको ३० गते प्रस्ताव गर्ने तयारी गरेको छ ।


ADVERTISEMENT


आयोगका एक पदाधिकारीले नेपाल समाचारपत्रलाई सोमबार दिएको जानकारीअनुसार कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्ने गरी असार मसान्तभित्र मिति तोक्न प्रस्ताव गरी सरकारलाई पत्राचार गर्ने तयारी भइरहेको छ ।


ADVERTISEMENT

# # #


निर्वाचनको मिति आयोगसँगको परामर्शमा सरकारले तोक्ने कानुनी प्रावधान रहेको छ । निर्वाचनको तयारीको लागि सामान्यतया १ सय २० दिन (चार महिना) अघि मिति घोषणा हुनुपर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

केही दिनअघि मात्रै निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचनको मिति घोषणाका बारेमा अनौपचारिक छलफल गरेका थिए । त्यस क्रममा प्रधानमन्त्रीले आयोगले मिति सिफारिस गरेर ल्याए आफूहरूले प्रक्रिया अघि बढाउने बताएको आयोगका एक पदाधिकारीले बताए ।

आयोगले दशैं बिदा सकिएलगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली ९प्रत्यक्ष० तर्फको मनोनयन प्रक्रिया शुरू गर्ने योजना बनाएको छ ।

आगामी असोज १० देखि २३ असोजसम्म दशैं बिदा पर्छ । दशैं सकिएलगत्तै मनोनयन दर्ता प्रक्रिया थाल्ने र असोजको अन्तिम साताभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले तयारी गरेको हो ।

त्यसो हुँदा उम्मेदवारले दशैंपछि तिहार सकिएपछि पनि चुनाव प्रचारप्रसार गर्न पाउँछन् । आयोगले प्रस्ताव गरेको मिति तिहारको करिब २० दिनपछि पर्छ । नेपाल समाचारपत्र दैनिकबाट