वेस्टमिन्स्टर अवस्थित बेलायतको संसद भवन बाहिर आतंककारी आक्रमण भएको छ। प्रारम्भिक रिपोर्ट अनुसार संदिग्ध हमलाकारीले संसद भवन नजिकैको पुलको फूट्पाथमा हिडिरहेका पैदल यात्रुको भिडमा अन्दाधुन्द कार चलाएका छन्।


ADVERTISEMENT


सुरक्षाा अधिकारीहरुले बताए अनुसार आक्रमणमा सुरक्षाा अधिकारी, दुइजना सर्वसाधारण र एक जना संदिग्घ आक्रमणकारीको मृत्यु भएको हो। हमलाकारीले संसद भवन बाहिर खटिएका प्रहरी माथि छुरा प्रहार गरेको थियो। हतियारधारी प्रहरीले हमलाकारी माथि गोली चलाएको थियो।


ADVERTISEMENT

# # #


हमला पछि लन्डनमा सुरक्षा ब्यवस्था कडा पारिएको छ। आक्रमणको समयमा बेलायतको सदन सुचारु रहेको र प्रधानमन्त्री टेरेसा मे संसद भवन मै रहेको बताईएको छ। सुरक्षाा अधिकारीहरुले दिएको जानकारी अनुसार आक्रमणको बेला प्रधानमन्त्री १८ मिटरको दुरीमा रहेको थिए।

लण्डनस्थित समाचार माध्यमहरुले बताए अनुसार आक्रमणमा हताहत हुनेको संख्या अझै बढन सक्ने छ। सेतोपाटी ग्लोवलका लण्डन संवाददाताले जनाए अनुसार आक्रमणमा कुनै पनि नेपाली प्रभावित भएका छैनन।

लण्डन आक्रमणलाई बेलायतले हिजो मात्रै गरेको ल्याप्टप लगायतका इलेक्ट्रनिक सामान हवाइ यातायातमा हातमा बाकेर लैजन नपाउने बन्देजसँग पनि जोडेर हेरीएको छ।