काठमाडौँ– राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानमा सञ्चालित ‘अपराध अनुसन्धान तालिम’ सम्पन्न भएको छ । गत १२ असारदेखि सञ्चालित उक्त तालिम सोमबार सम्पन्न भएको हो ।


ADVERTISEMENT


९० जना प्रहरीले सहभागिता जनाएको उक्त प्रशिक्षणमा संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा प्रशिक्षार्थी प्रहरी अधिकृतहरुले नेपाल प्रहरीको अपराध अनुसन्धानको सम्बन्धमा उठाएका जिज्ञासाहरुको सम्बोधन गर्दै तालिममा दौरानमा हासिल गरेका ज्ञान, सीप तथा कौशललाई कार्यक्षेत्रमा व्यवहारमा लागु गर्न प्रमुख अतिथिले निर्देशन दिए ।

यस्तै, कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द आचार्यले व्यस्तताको बाबजुद पनि उपस्थित भई प्रशिक्षार्थीहरुलाई महत्वपूर्ण निर्देशन प्रदान गरिएको भन्दै प्रमुख अतिथिमा हार्दिक धन्यवाद् ज्ञापन गरे ।

उक्त कार्यक्रममा प्रहरी प्रतिष्‍ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ, प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारी, प्रहरी उपरीक्षक सविन प्रधान लगायत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान तथा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका सिनियर प्रहरी अधिकृतहरुले उपस्थिती जनाएका थिए ।