काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले श्रीलंकाको टी–२० फ्रेन्चाइज्ड क्रिकेट प्रतियोगिता लंका प्रिमियर लिग (एलपीएल) खेल्ने भएका छन् । एलपीएलको मंगलबार भएको ड्राफ्टमा सन्दीप दाम्बुला जायन्ट्समा आवद्ध भएका हुन् ।


ADVERTISEMENT


दाम्बुला जायन्ट्सले सन्दीपलाई ४० हजार अमेरिकी डलर (५० लाख ६१ बढी नेपाली रुपैयाँ)मा टिममा भित्र्याएको हो । सन्दीपसँगै दम्बुलाले श्रीलंकन कप्तान दसुन सनाका, भानुका राजापाक्ष, अष्ट्रेलियाका डी आर्च सर्ट र बेन कटपङलाई समेत आफ्नो टोलीमा अनुबन्ध गरेको छ ।


ADVERTISEMENT

# # #


दिल्ली क्यापिटल्सबाट इण्डियन प्रिमियर लिग (आईपीएल) समेत खेलिसकेका सन्दीपले पछिल्लो समय ११ औँ संस्करणको अष्ट्रेलियाको बिगबास लिग खेलेका थिए । गत जनवरीमा सम्पन्न प्रतियोगितामा उनको टोलीले उपाधी समेत जितेको थियो ।