काठमाडौँ– केन्द्रमा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएको छ । भडपले उग्र रुप लिएपछि प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ ।


ADVERTISEMENT


कौडेना गाउँपालिकाको जनता मावि केन्द्र बाहिर मतदान केन्द्रमा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रण लिन चार राउण्ड गोली चलाएको सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मसौद आलम खाँले जानकारी दिए ।


ADVERTISEMENT

# # #


स्थिति तनावपूर्ण हुँदै गएपछि हवाई फायर गर्नुपरेको उनको भनाइ छ । हवाई फायरपछि स्थितिीसामान्य भएको र मतदान केन्द्रमा भने अहिले मतदान भइरहेको प्रहरीले जनाएको छ ।