काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने एमालेको बटमलाईन भएको बताएका छन् ।


ADVERTISEMENT


बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले बजेट निर्माण गर्दा बाह्य व्यक्ति प्रवेश गराएर राष्ट्रघाती काम गरिएको भन्दै अर्थमन्त्री पदमा रहिरहन नमिल्ने समेत बताए । उनले सरकारी डकुमेन्ट गायव बनाएको र सिसिटीभि फुटेज समेत मेटाइएकाले अर्थमन्त्रीको नियत खराब देखिएको तर्क गरे ।


ADVERTISEMENT

# # #


उक्त घटनाका बिषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने आफुहरुको अर्को माग गरेको उनको भनाई छ । उनले छानविन समिति गठन भएपनि अर्थमन्त्री पदमा बस्न नमिल्ने धारणा राखे ।

त्यस्तै उनले सिसिटीभि फुटेजलाई मेटाउने अर्थमन्त्रालयका अन्य व्यक्तिलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।