काठमाडौँ– प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । यी दुईबीच प्रहरी प्रधान कार्यालयमा उनीहरु भेट भएको हो ।


ADVERTISEMENT


उक्त भेटवार्तामा काठमाडौंको फोहोरमैला व्यवस्थापन एवम् ट्राफिक व्यवस्थापनसम्बन्धि छलफल भएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


सभिवालयका अनुसार, छलफलमा आइजीपी सिंह र मेयर शाहले ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायातलाई प्राथमिकतामा राखेका थिए । यस्तै, उक्त वार्तालापबाट काठमाडौंमा मूर्ति चोरी बढेको र सो चोरी न्यूनिकरण गर्न महानगरपालिकाले सिसिटिभी जडान गर्नेबारे सम्झौता समेत भएको भन्ने बुझिएको छ ।