काठमाडौँ– गोली प्रहारबाट ज्यान गुमाएका जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु शोकमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ ।


ADVERTISEMENT


भारतीय प्राधनमन्त्री नरेन्द्र मोदीले शुक्रबार दिउँसो ट्विट गर्दै आबेको सम्मानस्वरुप देशमा भोली (शनिबार) राष्ट्रिय शोक मनाइने बताएका हुन् । उनले आबेको मृत्युले आफुलाई निकै गहिरो चोट पुगेको बताएका छन् ।


ADVERTISEMENT

# # #


आबेमाथि शुक्रबार बिहान जापानको पश्चिमी सहर नारामा सम्बोधन गरिरहेका क्रममा अज्ञात समूहद्वारा गोली प्रहार भएको थियो । प्रहारबाट गम्भीर घाइते बनेका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।