बागमती– संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहयोगको रुपरेखासम्बन्धी पञ्चवर्षीय योजना तर्जुमाका लागि बागमती प्रदेशस्तरीय परामर्श गोष्ठी आज हेटौँडामा सम्पन्न भएको छ । गोष्ठीमा सन् २०२३ देखि २०२७ सम्म हुने पञ्चवर्षीय संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहयोगको रुपरेखासम्बन्धी प्रस्तुतीकरण गर्नुका साथै त्यसको जानकारी गराइएको थियो ।


ADVERTISEMENT


कार्यक्रमको उद्देश्य नेपालमा संयुक्त राष्ट्रसङ्घीय सहयोगको समन्वयका लागि अल्पकालीन र मध्यकालीन विकासका प्राथमिकता माथि छलफल र परामर्श गर्नका लागि तथा नेपालको विकासमा संयुक्त राष्ट्रसङ्घको रणनीतिक साझेदारीलाई थप सुदृढीकरण गर्नुरहेको छ ।


ADVERTISEMENT

# # #


बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित तथा संयुक्त राष्ट्रसङ्घ नेपालको सहयोगमा गरिएको सो कार्यक्रममा उक्त आयोगका उपाध्यक्ष डा कृष्णराज पन्तले समाजवादोन्मुख आर्थिक तथा सामाजिक व्यवस्था हुनुपर्ने र त्यसतर्फ कार्यक्रमले जोड दिनुपर्ने बताए ।

संयुक्त राष्ट्रसङ्घले कुनै पनि कार्यक्रम बनाउँदा सबै पक्षलाई समेटिनेगरी बनाउनुपर्ने सुझाव दिँदै उनले सयुक्त राष्ट्रसङ्घले निमार्ण गरेको योजना तथा कार्यक्रम तोकिएका समयमा पूरा गर्नुपर्ने बताए ।

आयोगका सदस्य प्रह्लाद लामिछानेले सङ्घीय, प्रदेश र स्थानीय सरकारलाई संयुक्त राष्ट्रसङ्घीय कार्यक्रमबारे जानकारी दिनुपर्ने उल्लेख गर्दै कार्यक्रम समयमा सम्पन्न गर्नुपर्ने विचार व्यक्त गरे । संयुक्त राष्ट्रसङ्घ नेपालका तेजमाया डङ्गोलले उक्त कार्यक्रमका बारेमा प्रस्तुतीकरण गरेका थिए । रासस