पाँचथरमा मतगणना जारी रहँदा नेकपा एमालेका नेता बसन्कुमार नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । शुरुदेखि नै कांग्रेस नेता भीष्मराज आङदम्बेलाई पछि पारेका नेम्वाङ पछिल्लो गणनामा २ हजार भन्दा बढी मतले अगाडि छन् ।


ADVERTISEMENT


पछिल्लो गणना अनुसार नेम्वाङले ८९८३ मतका साथ अगाडि छन् भने कांग्रेसका आङदम्बेले ६६७७ मत पाएका छन् । पाँचथरमा प्रतिनिधसभा सदस्य तर्फको मतगणना सकिएपछि मात्र प्रदेशसभा तर्फको मत गणना सुरु गरिने जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।


ADVERTISEMENT

# # #


पाँचथरमा मंसिर १० मा भएको निर्वाचनमा ७७ हजार ६ सय ८२ मत खसेको थियो । सुरुमा मतगणना सुस्त गतिमा भएपनि पछिल्लो समय तिव्र गतिमा भइरहेको छ ।