काठमाडौँ– बझाङमा बाम गठबन्धनका उम्मेदवार एमालेका भैरव सिंह प्रतिनिधिसभा चुनावमा विजयी भएका छन्। उनले ३४ हजार ५९७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वी सिंहले २६ हजार ९१० मत ल्याए।


ADVERTISEMENT


बझाङमा कूल खसेको ६६ हजार ८२७ मतमध्ये ६३ हजार ३१० मत सदर भएको थियो भने ३ हजार ५१७ मत बदर भएको थियो।


ADVERTISEMENT

# # #


प्रदेशसभाको मतगणना भने जारी छ।