झापा–झापाका पाँचवटै क्षेत्रको मतगणना मध्यन्न १ बजेबाट सुरु भएको छ । सदरमुकाम चन्द्रगढीमा मतगणना सुरु भएको हो । चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा झापा क्षेत्र नम्बर १ र ३ को मतगणना सुरु भएको छ भने जिल्ला शिक्षा कार्यालयमा क्षेत्र नम्बर दुइको मतगणना जारी छ ।


ADVERTISEMENT


त्यस्तै क्षेत्र नम्बर चारको मतगणना स्काउट भवनमा र झापा क्षेत्र नम्बर पाँचको गणना जिल्ला हुलाक कार्यालयमा भइरहेको छ । झापा क्षेत्र नम्बर १ मा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार पूर्व संचारमन्त्रि समेत रहेका माओवादी नेता सुरेन्द्र बहादुर (राम)कार्की छन् भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता बिश्वप्रकाश शर्मा उम्मेदवार रहेका छन् ।


ADVERTISEMENT

# # #


क्षेत्रनम्बर दूईमा भने गएको संबिधानसभा निर्वाचन २०७० सालमा यही क्षेबाट कांग्रेसका सुधिर शिवाकोटीसँग पराजित एमाले नेतृ पबित्रा निरौला खरेल बाम गठबन्धनको उम्मेदवार रहेकी छन् भने लोकतान्त्रिक गठबन्धनबाट संबिधानसभा निर्वाचन २०७० मा झापा क्षेत्र न ४ मा एमालेका पे्रम गिरीसँग पराजित कांग्रेसका जिल्ला सभापति समेत रहेका उद्धव थापा उम्मेद्वार रहेका छन् ।

त्यस्तै झापा क्षेत्र नम्बर ३ मा बाम गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्रि राजेन्द्र लिङदेन र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका पुर्व महामन्त्रि कृष्ण प्रसाद सिटौला उम्मेदवार रहेका छन् ।

झापा क्षेत्र नम्बर ४ मा गठबन्धनका एलपी साँवा उम्मेदवार रहेको ठाँउमा कांग्रेसका देउमान थेवे उम्मेदवार रहेका छन् भने झापा क्षेत्र नम्बर पाँचमा बाम गठबन्धनका तर्फबाट पूर्वप्रधानमन्त्रि केपी शर्मा ओली उम्मेदवार रहेका छन् । यहाँ लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारी उम्मेदवार रहेका छन् ।

कुल पाँच लाख ८५ हजार २२८ मतदातासंख्या रहेको झापामा लगभग ६८ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । केही समयपछि प्रारम्भिक मत परिणाम सार्वजनिक गरिने झापाका मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिएका छन् ।