काठमाडौँ– नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर एआइजी पूजा सिंह मार्फत महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह समक्ष राजीनामा पत्र बुझाएका हुन् ।


ADVERTISEMENT


पोखरेलको राजीनामा बुझाए पनि उनको राजीनामा महानिरीक्षक सिंहले गृह मन्त्रालयमा पेस गरेपछि मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ ।


ADVERTISEMENT

# # #


सरकारले गत वैशाख १८ गते आईजीपीएमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको थियो । सरकारको बढुवा प्रणाली चित्त नबुझेपछि पोखरेलले आफूभन्दा जुनियरलाई आईजीपी बनाएको बन्दै बढुवा खारेजको माग गर्दै सर्वोच्च पुगेका थिए ।

सम्बन्धित समाचार : सर्वोच्चद्वारा एआईजी विश्वराज पोखरेलको रिट खारेज, आईजीपी बन्ने सपना अन्त्य

आईजीपी नियुक्तिपछि एक महिना विदामा बसेका एआईजी पोखरेल विदा सकिएपछि पनि जिम्मेवारीमा फर्किएका थिएनन् । बरु थप विदा माग गरेका थिए । तर, उनले मागेको विदा आईजीपी सिंहले तीन पटक विदा अस्वीकृत गरिदिएका थिए ।

यस्तै, सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पनि गत ३१ असारमा मात्रै सिंहलाई नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत रहेको ठहर गर्दै एआईजी पोखरेलको रिट खारेज गरिदिएको थियो । यससंगै उनको आईजीपी बन्ने सपनाको टुङ्गिएको थियो ।