ललितपुर – ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले अग्रता लिएका छन् । प्रतिनिधिसभामा एमालेका सिलवाल र कांग्रेसका उदयशमसेर जबराबीच प्रतिस्पर्धा छ ।


ADVERTISEMENT


प्रारम्भिक नतिजा अनुसार एमालेका सिलवाल ४७७ मतसहित अगाडि छन् भने उनलाई ४१४ मत सहित कांग्रेसका उदय शमसेर जबराले पछ्याइरहेका छन् । नेपाल प्रहरीको आइजिपी बन्न नपाएपछि डिआइजीबाट राजीनामा दिएर एमाले प्रवेश गरेका सिलवाललाई पार्टी प्रवेश लगत्तै टिकट दिइएको थियो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूमाथि अन्याय गरेको भन्दै जनताको मतबाट बदला लिने उनले बताउँदै आएका छन् ।