काठमाडौं – डिशहोममा एक वर्षको रिचार्ज ‘लक्की ड्र’मा प्राप्त एक लाखको चेक रमेश पन्तलाई हस्तान्तरण गरिएको छ । अब एक १ वर्षको रिचार्ज गर्दा २४ महिना हेर्ने सुविधा डिशहोमले उपलब्ध योजना लागु गरी रहेको जानकारी दिएको छ ।


ADVERTISEMENT


यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाइरहेका छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर समेत उपलब्ध गराइरहेको जानकारी गराइएको छ ।


ADVERTISEMENT

# # #


यसै क्रममा शुक्लाफाँटा नगरपालिका-१ का निवासी रमेश पन्तले एक लाख जितेका हुन्  । केदार ट्रेडिङको डिलर अन्तरगत रहेको झलारी कंचनपुर सह-वितरक संगम ट्रेडर्स सप्लायर्सका डिलर दाई केपी पाण्डेकोमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्की ड्रमा सहभागी मध्य रमेश पन्तले प्राप्त गरेका थिए

डिशहोमको तर्फ वाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रडिङका प्रोप्राईटर लक्ष्मी दत्त पाण्डे र सेल्स अफिसर कमल रिमाल बाट जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरे । विजेता पन्तलाई  बधाई दिँदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी भई  लाभ लिन सक्नेछन् भन्ने विश्वास कम्पनीले लिएको जनाएको छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसक्ने डिस होमले जनाएको छ ।