काठमाडौँ– यूएईमा जारी विश्व क्रिकेट लिग च्यारिुम्पयनसिपको अन्तिम चरणको अन्तिम खेलमा युएईले नेपाललाई १९६ रनको विजयी लक्ष्य दिएको छ । नेपालले चार विकेट लिएको छ ।


ADVERTISEMENT


यूएईको शेख जायदा रंगशालामा टस हारेर ब्याटिङ थालेको युएईले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनायो । युएईका लागि अद्नान मुफ्तील उत्कृष्ट खेल्दै ८९ बलमा १०४ रन बनाएपछि सम्मानजनक स्कोर बनाउन सफल भयो ।


ADVERTISEMENT

# # #


मोहम्मद बुटा ३७, अहमेद राजा १० बाहेक अन्यले दोहोरो अंक जोड्न नसकेपनि सोमपाल कामीको हातबाट बोल्ड हुनुअद्धि सातौँ नम्बरमा आएका अद्नान मुफ्तीले ८९ बलमा १०४ रन जाडेपछि युएईले सम्मानजनक स्कोर बनायो ।

पहिलो विकेटका रुपमा अस्फाक अहमितलाई ४ रनमा गुमाएको युएईले बिहिबार ८१ रन बनाएका सब्बीरलाई शुन्य रनमा गुमायो । यस्तै तेस्रो विकेटका रुपमा रमिज शाहजादलाई ३ रनमा आउट हुँदा कप्तान रोहन मुस्ताफालाई ८ रनमा आउट भए ।
कुनैबेला १८.३ ओभरमा ५ विकेट गुमाएको युएईको खातामा ३९ रन मात्रै थियो । तर माहम्मद बुटाले अड्नान् मुफ्तीसंग उत्कृष्ट साझेदारी गरेपछि युएईले ३७.२ ओभरमा ६ विकेट गुमाएर ११९ रन बनाएपछि इज्जत जोगिएको थियो ।

नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए । उनले ३२ बलको सामना गरेका उनले एक चौका प्रहार गरे । यस्तै किफयती बलिङ गरेका ललितसिंह भण्डारीले १० ओभर बलिङ गर्दै एक मेडेन ओभरको सहयोगमा २९ रन मात्र खर्चिएर एक विकेट लिए । यस्तै पारस खड्का, सन्दीप लामिछानेले एक विकेट लिए ।

नेपाली स्पीन बलिङ धरासयी भयो । खासगरी यूएईका ब्याट्समेनले सन्दीपलार्इै खुलेर खेल्न दिएनन् । उनी सबैभन्दा महंगा साबित भए । उनले ८ ओभरमा ५१ रन दिएर एक विकेट लिए ।

नेपालले केहीबेरमा ब्याटिङ गर्दैछ ।