काठमाडौँ – प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । केही ठाउँको अन्तिम परिणाम पनि आइसकेको छ ।
अहिलेसम्म नेकपा एमाले अग्र स्थानमा रहेको छ ।


ADVERTISEMENT


प्राप्त ९ ठाउँको अन्तिम परिणाम अनुसार नेकपा एमालेले ५ स्थानमा विजय हासिल गरेको छ । यस्तै नेकपा माओवादी २ स्थानमा विजयी हुँदा स्वतन्त्र एक स्थानमा विजयी भएका छन् ।


ADVERTISEMENT

# # #


एमालेले जितेका ठाउँहरु (प्रतिनिधिसभातर्फ)

१. म्याग्दी -१ : भूपेन्द्रबहादुर थापा (२३,३०८)                                                                                                                                              निकटतम प्रतिद्वन्द्वी खम्वीर गर्बुजा नेपाली कांग्रेस (२०,९८०)

२. बझाङ-१ भैरव बहादुर सिंह (३४६१२)
निकटतम प्रतिद्वन्द्वी पृथ्वीबहादुर सिंह नेपाली कांग्रेस

३.मुस्ताङ-१ प्रेमप्रसाद तुलाचन (३,५४४)
निकटतम प्रतिद्वन्द्वी रोमी गौचन थकाली नेपाली कांग्रेस(३,१८१)

४.मनाङ-१ पाल्देन छोपान गुरुङ
निकटम प्रतिद्वन्द्वी टेक बहादुर गुरुङ नेपाली कांग्रेस(२,०२१)

५. मुगु १ : गोपालबहादुर बम १३०३४
प्रमुख प्रतिस्पर्धी हस्‍तबहादुर मल्‍ल ९८६१

माओवादी केन्द्रले जितेका स्थान (प्रतिनिधि सभातर्फ)

१. पूर्वी रुकुम-१ : कमला रोका (१०,४३४)
निकटम प्रतिद्वन्द्वी हरिशंकर घर्तिमगर नेपाली कांग्रेस(४,४०६)

स्वतन्त्र (प्रतिनिधि सभातर्फ)
१.हुम्ला-१ : छक्क बहादुर लामा (८४९१)
प्रतिस्पर्धी मंगलबहादुर शाही कांग्रेस (८४४४)
मतान्तर : ४७