काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालले चियाको गुणस्तर मापन गर्ने यन्त्र तत्काल स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भने “ चियाको गुणस्तर मापका लागि तत्काल स्वदेशमा नै यन्त्र स्थापना गर्नुपर्छ । चिया कारखाना बनाउन चाहनेलाई ५० प्रतिशत सहुलियत दिनुपर्छ ।”


ADVERTISEMENT


प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले चिया निर्यात गरेर नेपालले आर्थिक उपार्जन गर्नसक्ने बताए । सांसद खनालले चिया बगान निर्माणलाई राज्यले उच्च प्राथमिकतामा राखी चिया विकास बोर्डको भूमिका प्रभावकारी बनाउन र साना चिया किसानलाई कारखाना खोल्न सहकारीमार्फत प्रोत्साहन गर्नुपर्छ भने । “नेपाली चियाको इतिहासमा इलामलाई बिर्सन हुँदैन, बढीभन्दा बढी किसानलाई चिया खेतीमा लाग्न प्रोत्साहन गर्नुपर्छ”, उनले भने, “चियाको उत्पादन, सङ्कलन र प्रशोधनमा लागेका उद्यमीलाई पनि राज्यले सहयोग गर्नुपर्छ ।”


ADVERTISEMENT

# # #


सांसद खनालले १६ हजार साना किसान चिया खेतीमा संलग्न रहेको उल्लेख गर्दै इलाममा चियाको सङ्ग्रहालय बनाउनुपर्ने मागसमेत गरे ।

सांसद पार्वता सिडी चौधरीले खेतीपाती गर्ने समयमा सरकारले बेलामै मलका व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । “किसानले मत पाएका छैनन्, समयमा मल पाए मात्र उत्पादन बढाउन सक्छ, उत्पादन बढेमात्रै राष्ट्रिय उत्पादनमा वृद्धि हुनसक्छ”, उनले भनिन्, “सरकारले मल ल्याउनुपर्यो कि किसानले ल्याएको मल सरकारले रोक्न हुँदैन ।”