काठमाडौँ– यूएईमा जारी विश्व क्रिकेट लिग च्यारिुम्पयनसिपको अन्तिम चरणको अन्तिम खेलमा युएईसंगको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल युएईसंग ६३ रनले पराजित भएको हो । योसंगै नेपालको च्याम्पियनसिपको यात्रा टुङ्गिएको छ ।


ADVERTISEMENT


यूएईको शेख जायदा रंगशालामा टस हारेर ब्याटिङ थालेको युएईले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन मात्र जोडेपछि हार बेहोर्यो ।


ADVERTISEMENT

# # #


युएईका लागि अद्नान मुफ्तील उत्कृष्ट खेल्दै ८९ बलमा १०४ रन बनाएपछि सम्मानजनक स्कोर बनाउन सफल भयो ।

मोहम्मद बुटा ३७, अहमेद राजा १० बाहेक अन्यले दोहोरो अंक जोड्न नसकेपनि सोमपाल कामीको हातबाट बोल्ड हुनुअद्धि सातौँ नम्बरमा आएका अद्नान मुफ्तीले ८९ बलमा १०४ रन जाडेपछि युएईले सम्मानजनक स्कोर बनायो ।

पहिलो विकेटका रुपमा अस्फाक अहमितलाई ४ रनमा गुमाएको युएईले बिहिबार ८१ रन बनाएका सब्बीरलाई शुन्य रनमा गुमायो । यस्तै तेस्रो विकेटका रुपमा रमिज शाहजादलाई ३ रनमा आउट हुँदा कप्तान रोहन मुस्ताफालाई ८ रनमा आउट भए ।
कुनैबेला १८।३ ओभरमा ५ विकेट गुमाएको युएईको खातामा ३९ रन मात्रै थियो । तर माहम्मद बुटाले अड्नान् मुफ्तीसंग उत्कृष्ट साझेदारी गरेपछि युएईले ३७।२ ओभरमा ६ विकेट गुमाएर ११९ रन बनाएपछि इज्जत जोगिएको थियो ।

नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए । उनले ३२ बलको सामना गरेका उनले एक चौका प्रहार गरे । यस्तै किफयती बलिङ गरेका ललितसिंह भण्डारीले १० ओभर बलिङ गर्दै एक मेडेन ओभरको सहयोगमा २९ रन मात्र खर्चिएर एक विकेट लिए । यस्तै पारस खड्का, सन्दीप लामिछानेले एक विकेट लिए ।

नेपाली स्पीन बलिङ धरासयी भयो । खासगरी यूएईका ब्याट्समेनले सन्दीपलार्इै खुलेर खेल्न दिएनन् । उनी सबैभन्दा महंगा साबित भए । उनले ८ ओभरमा ५१ रन दिएर एक विकेट लिए ।

१९६ रनको झिनो लक्ष्य पाएको नेपालको ब्याटिङ चल्न नसक्दा आज पनि पराजित भयो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ४२ रन बनाउनु बाहेक अन्यले राम्रो खेल्न सकेनन् । ओपनरका रुपमा ज्ञानेन्द्र मल्लसंग आएका दिलिप नाथ शुन्य रनमा आउट हुँदा सरद भेषवाकर १३ रनमा पेवेलियन फर्किए ।
यस्तै पारस खड्का १०, सागर पुन २१, आरिफ सेखले १४ रन मात्र जाडे ।

यस्तै सोमपाल कामी र वसन्त रेग्मी शुन्य रनमा आउट भए ।यस्तै सन्दीप लामिछाने शुन्य रनमा आउट हुँदा विनोद २५ रनमा पेवेलियन पर्किएपछि ललितसिंह भण्डारी शुन्य रनमा नटआउट भए ।

सन् २०१५ मा सुरु भएको च्याम्पियनसिपको सिरिज नेपालले १४ खेलमा ४ वटामा मात्रै जित दर्ता गराएर १० टोलि मध्ये सातौँ भएको छ ।हिलो चार खेल हारी च्याम्पियनसिपको सुरुआत गरेको नेपाल त्यसयता नामिबिया, नेदरल्यान्ड्स, केन्यासँग विजय हात पारेपछि नेपालको शीर्ष चारमा पुग्ने आशा पलाएको थियो । तर हङकङसँगको पछिल्लो हारले नेपाल शीर्ष चारको दौडबाट बाहिरिएको थियो ।

आजकोे जितसंगै युएई छैटौँ स्थानमा उक्लिएको छ । शीर्ष चारमा नपरेकाले नेपाल र युएई यसअघि नै डिभिजन २ मा झरिसकेका छन् । डिभिजन २ फेब्रुअरीमा नामिबियामा हुने तालिका रहेको छ ।