काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन पार्टीले विशेष संवाद अभियान सञ्चालन गर्नुपर्ने बताएको छ ।
मंगलबार बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको सम्मान कार्यक्रममा सभापति थापाले आन्तरिक प्रतिस्पर्धाको तिक्तता छोडेर पार्टीसँग टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न कांग्रेसले विशेष संवाद अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन् । उनले पार्टीको आन्तरिक निर्वाचनलाई स्वभाविक रुपमा लिनुपर्ने उल्लेख गरे । उनले पार्टीभित्रका संस्थागुटहरु समाप्त भएसकेकाले सम्बन्धहरूमा रहेको कटुता पनि मेट्नुपर्ने बताए । कांग्रेसमा अहिले २० वर्षदेखि ८० वर्षसम्मका चार पुस्ता एकैसाथ क्रियाशील रहेको उल्लेख गर्दै सभापति थापाले यसलाई पार्टीको अलौकिक पुँजीको रुपमा चित्रण गरे । सभापति थापाले पार्टीबाट बिगतमा भएका कर्मीकमजोरीलाई सच्चाएर लोकतन्त्र जोगाउनका लागि केन्द्रीत हुने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा काँगेस नेता सुरेन्द्र राज पाण्डेले पहिले कांग्रेस रहेका तर पछिल्लो समय अर्कै पार्टीलाई मतदान गरेकाहरूलाई पुनः पार्टीमा जोड्न संवाद आवश्यक रहेको धारणा राखे । कार्यक्रममा लामो समयदेखि काँग्रेसमा रहेर समाज रुपान्तरणमा भूमिका निर्वाह गर्ने गण्डकी प्रदेशका ११ जिल्लाका अग्रज नेताहरुलाई सम्मान गरिएको थियो ।

























