काठमाडौँ – विधेयक निणयार्थ पेश गर्न प्रतिनिधिसभामा आवश्यक गणपुरक संख्या नपुगेपछि बैठक नै स्थगित भएको छ ।


ADVERTISEMENT


आइतबार गृहमन्त्री बालकृष्ण खाँणले पेश गरेको कारागार विधेयकमाथि छलफल सकिएसँगै निर्णयार्थ पेश गर्नेक्रममा आवश्यक सांसदको संख्या नै नपुगेपछि बैठक स्थगत हुन पुगेको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विधेयक निणयार्थ प्रस्तुत गर्न खोजे । तर, सांसद प्रेम सुवालले विधेयक निर्णयार्थ पेश गर्नुअघि सांसदको संख्या निर्क्योल गर्न आग्रह गरे ।


ADVERTISEMENT

# # #


त्यसलगत्तै सभामुख सापकोटाले तीन मिनेट घण्टी बजाएर गणपुरक संख्या यकिन गर्न कर्मचारीलाई निर्देशन थिए । घण्टी बजाउँदा पनि विधेयक निर्णयार्थ पेश गर्न आवश्यक संख्या ६९ हुनुपर्नेमा ६७ मात्रै पुगेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

नेपालको संविधानको धारा ९४ अनुसार कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभामा एक चौथाई सदस्य उपस्थित हुनुपर्छ ।