काठमाडौँ– एसईईको नतिजा अब स्प्यारो एसएमएसबाट पनि हेर्न सकिने भएको छ । एसईई विद्यार्थीहरुलाई नतिजा हेर्न सहज होस् भन्नका लागि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले स्प्यारो एसएमएससंग सम्झौत गरेसंगै एसईई नतिजा एसएमएसको माध्यमबाट हेर्न सकिने भएको हो ।


ADVERTISEMENT


स्प्यारो एसएमएस आधिकारिक एसएमएस सेवा प्रदायक हो र एक दशक देखि प्रत्येक वर्ष एसईईको नतिजा प्रकाशित गर्दैआएको छ। यो साझेदारीसँगै अब नेपालभरका एसईई विद्यार्थी र अभिभावकहरूले सजिलै र सहज रूपमा एसएमएस मार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्। विद्यार्थी र उनीहरूको नतिजा बीचको दूरी कम गर्ने उद्देश्यका साथ स्प्यारो एसएमएस ले परीक्षाको नतिजा सीधै मोबाइल फोनमा उपलब्दब्त्र गराउँछ ।


ADVERTISEMENT

# # #


जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस) का मुख्य कार्यकारी अधिकारी, मनोज थापा भन्छन्, ‘केहि सेकेन्ड भित्र आफ्नो मिहिनेतको नतिजा थाहा पाउनु जो कोहीका लागि पनि उत्साहजनक र रोमाञ्चक अनुभव हो। स्प्यारो एसएमएस लाखौं विद्यार्थीहरूसँग आफ्नो सेवा मार्फत् यी भावनाहरू साझा गर्न सक्षम भएकोमा गर्व गर्दछ।’

यसरी हेरौँ नतिजा  :

१. आफ्नो मोबाइलको एसएमएस बक्समा जानुहोस्
२। नयाँ एसएमएस लेख्नुहोस्
३. आफ्नो सिम्बोल नम्बर टाईप गरेर एउटास्पेश दिनुहोस्
४. ३५००१ मा पठाउनुहोस् ।