काठमाडौँ– माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधवार गत वैशाखमा सञ्चालन भएको एसईईको नतिजा सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


सार्वजनिक नतिजा अनुसार, परीक्षामा कुल ९ हजार ६३३ विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका छन् । यस्तै,  ४१ हजार ६२७ जनाले ३.२० देखि ३.६०, ६९ हजार ९०० जनाले २.८० देखि ३.२० जीपीए प्राप्त गरेका छन् भने ९० हजार ७५८ जनाले २.४ देखि २.८० जीपीए ल्याएको बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले जानकारी दिए । त्यस्तै एक लाख १२ हजार ७३३ जनाले २ देखि २.४ जीपीए ल्याउदा एक लाख ५९४ जनाले १.६ देखि २ जीपीए ल्याएको उनले बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ०.८० जीपीएदेखि १.२ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको अर्यालले जनाए ।

गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।

एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिएको बोर्डले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ ।