काठमाडौँ– प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली नागरिकलाई सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।


ADVERTISEMENT


वीर अस्पतालको १ सय ३३ औं वाषिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकारको बिषय भएको भन्दै सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलव्ध गराउन प्रतिवद्ध रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


स्वास्थ्य क्षेत्रको बिकासका लागि प्रयाप्त रुपमा बजेट छुट्टाएर आवश्यक भौतिक पूर्वाधारको कामलाई सम्पन्न गराउने उनको भनाई छ । प्रधानमन्त्री देउवाले सस्तो सहज र गुणस्तरिय स्वास्थय सेवा आजको आवश्यकता भएको जनाए । अनेक महामारीसंग जुध्न सक्ने गरि स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण गर्नुपर्ने उनको धारणा छ।

भक्तपुरको दुवाकोटमा स्थापना गर्ने भनिएको वीर अस्पताल हालसम्म निर्माण हुन नसकेकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले प्राथकितामा साथ अघि बढाउन निर्देशन समेत दिए ।

उनले गुणस्तरिय सेवा प्रदान गर्दै आम जनताको विश्वास जितेको बीर अस्पताललाई आगामी दिनमा थप गुणस्तरिय बनाउदै लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा कर्मचारी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।