काठमाडौँ– नेपाली सिने चलचित्र कबड्डी ४ फिल्मको प्रमोसनका क्रममा अभिनेत्री मिरुना मगर र दर्शक फूर्पा साङ्‍मो तामाङबीच भएको घटनाले फेरि मुद्दाको रुप लिएको छ । तामाङले आफुलाई गाली बेइज्जती र कुटपिट गरेको भन्दै अभिनेत्री मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् ।


ADVERTISEMENT


काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार ,तामाङले मिरुना र ठकुरीविरुद्ध कानुन बमोजिम सजायको माग गरेका छन्। पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले माफी माग्ने सवालमा बेवास्ता गरेको फूर्पाको आरोप छ । यस्तै, उनले प्राविधिक ठकुरीको सन्दर्भमा भने उनले मिरुनालाई उक्साउने काम गरेको आरोप लगाएका छन् ।


ADVERTISEMENT

# # #


गत जेठ १५ गते काठमाडौंको सिभिल मलभएको सो घटनामा आफूमाथि ‘ब्यड टच’ गरेको भन्दै मिरुनाले फूर्पालाई सार्वजनिक स्थलमै थप्पड हानेकी थिइन् । यसका साथै उनले फूर्पाविरुद्व प्रहरीमा उजुरी समेत दिएकी थिइन्। यससम्बन्धमा प्रहरीले पनि फूर्पालाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो । यद्यपि फूर्पा बौद्व धर्मावलम्बी भएको र उनी निर्दाेष भएको भन्दै उनको पक्राउविरुद्व तामाङरलामा समुदाय सार्वजनिक रुपमै विरोधमा उत्रिएका थिए। यति मात्रै नभई उनीहरुले चलचित्र प्रदर्शनमा समेत अवरोध सृजना गरेका थिए ।

अन्ततः चलचित्र प्रदर्शनमा समेत अवरोध खडा भएपछि जेठ १७ गते फिल्मका कलाकार, निर्देशक र लामा गुरुहरु साक्षी राखेर दुवै पक्षले आपसी सम्झौता गरेका थिए ।