काठमाडौँ – काठमाडौँको पशुपति क्षेत्रमा खाँदबारीबाट ल्याइएका रुद्राक्षका विरुवा रोपिएका छन् ।


ADVERTISEMENT


बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), खाँदबारी नगरका प्रमुख महेश थपलियाले संयुक्त रुपमा विरुवा रोपेका हुन् । बर्खायाममा निरन्तर विरुवा रोप्ने गरी आज सांकेतिक रुपमा मन्दिरको मुख्य प्रवेश द्वारको अगाडि पश्चिम उत्तरतर्फ विरुवा रोपिएका हुन् ।


ADVERTISEMENT

# # #


विरुवा रोप्ने कामको थालनीपछिको संक्षिप्त प्रतिक्रियामा मन्त्री श्रेष्ठले, पशुपति क्षेत्रको गरिमा बढाउन धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व भएका बनस्पति रोप्न कामलाई निरन्तरता दिइने बताए । यसैगरी महानगरका प्रमुख शाहले, समन्वयबाट सहरी व्यवस्थापन र विकासलाई दिगो बनाउने चाहना रहेको उल्लेख गरे ।

काठमाडौँ महानगरका प्रमुखलाई भेटेपछि पशुपति क्षेत्रमा रुद्राक्षका विरुवा रोप्ने योजना बनेको हो । त्यस क्रममा खाँदबारी नगरका प्रमुख थपलियाको भनाइ थियो ।

पशुपति क्षेत्रमा रोप्नका लागि खाँदबारी नगरपालिकाले ३ सय ५० वटा विरुवा पठाइसकेको छ ।