काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्य रहेका एम अधिकारीबारे आफूले प्रमाणसहित भेट्टाएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद महतले एम अधिकारीबारे आफूले खोजबिन गर्दा प्रमाणसहित भेट्टाएको बताएका हुन् । उनले भने, ‘संसदमा सशक्तका साथ आवाज उठिसकेपछि एम अधिकारी त खोज्नुपर्यो । एम अधिकारीको थरका मान्छे, पार्टीका मान्छे र यो सदनले नखोजे पनि सांसदको नाताले मैँले खोज्नै पर्यो भनेर म रातदिन लागेँ । मैँले प्रमाण पनि भेट्टाएँ ।’


ADVERTISEMENT

# # #


एम अधिकारी नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी नै भएको बताउँदै उनले थपे, ‘मैँले डिस्नरी पनि हेरेँ । प्रमाण भेट्टाएँ । एम भनेको मनी, मनी भनेको पैसा, ढुकुटी, रुपैयाँ । अधिकारी भनेको अधिकार भएको मान्छे । पैसामा अथवा ढुकुटीमा अधिकार भएको मान्छे भन्ने बुझाउँदो रहेछ । को रैछ त भनेर हेर्दा तिनी गभर्नर रैछन् ।’

एम अधिकारीबारे छानबिन गर्न समिति नबने पनि आफू एक्लैले सभामुखसमक्ष पेश गरेको बताँदै उनले गभर्नर अधिकारीमाथि कारबाही गर्न माग गरे । उनले भने, ‘मनी अधिकारी, ढुकुटीको अधिकारी मैँले सम्माननीय सभामुखको अघि बुझाएको छु, उहाँमाथि कारबाही होस् ।’