काठमाण्डौं-गुल्मीमा पछिल्लो मतपरिणाम अनुसार वामगठबन्धनले अग्रता लिइरहेको छ । जिल्लाका दुई निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् भने चार वटा प्रदेशसभामा पनि गठबन्धननै अगाडि देखिएको छ ।


ADVERTISEMENT


क्षेत्र नं १ मा एमालेका चर्चित नेता प्रदिप ज्ञवालीले १० हजार एक सय ६६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका युवा नेता चन्द्र भण्डारीले ८ हजार एक सय ५५ मत प्राप्त गरेका छन् । यो मत कुल १८ हजार ६ सय ४७ मत गणना भइसक्दाको परिणाम हो ।


ADVERTISEMENT

# # #


त्यस्तै क्षेत्र नं दुईमा पनि एमालेका युवा नेता गोकर्ण विष्टले झण्डै दोब्बर मतकासाथ अगाडी छन् । विष्टले ११ हजार ६ सय ९० मत प्राप्त गरेका छन् उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र केसीले ५ हजार ८ सय ३८ मत प्रात गरेका छन् । यो कुल १८ हजार ४ सय ३२ मत गणना भइसक्दाको परिणाम हो।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं १ को क मा वाम गठबन्धनको तर्फबाट माओवादीका सुदर्शन बरालले ६ हजार ४ सय ८५ मत प्रात गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काग्रेसका पृथ्वी फौदारले ५ हजार ३ सय ८ मत प्राप्त गरेका छन् । यो मत १२ हजार ७ सय २५ गणना भइसक्दाको हो । प्रदेश ख मा एमालेका कमलराज क्षेष्ठले ६ हजार ४ सय तीन मत प्राप्त गरेका छन् भने काग्रेसका धनेन्द्र कार्कीले ४ हजार ९ सय एक मत प्राप्त गरेका छन् ।

क्षेत्र नं २ को क मा एमालेका खड्ग बहादुर खत्रीले १० हजार ४ सय ६१ मतका साथ अगाडी छन् भने प्रतिद्वन्द्वी कांग्रेसका शालिक पन्थीको ७ हजार ८ सय १७ मत प्राप्त गरेका छन् । यो परिणाम १८ हजार ९ सय ८४ मत गणना भइसक्दाको हो ।

ख मा वाम गठबन्धनको तर्फबाट माओवादीका दिनेश पन्थीले १० हजार ४ सय २४ मत प्राप्त गरेका छन् भने काग्रेसका छन्द पहराई मगरले ५ हजार ८ सय २७ मत प्राप्त गरेका छन् । यो परिणाम १७ हजार २ सय ९० मत गणना भइसक्दाको हो । क्षेत्र नं १ मा कुल खसेको मत ७० हजार ६ सय ५० हो भने क्षेत्र नं दुईमा ५८ हजार ८९ मत खसेको थियो ।