काठमाण्डौं-गोरखा क्षेत्र नं. २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले फराकिलो अन्तर कायम गरेका छन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार बाबुरामले ३६ सय मतको अग्रता कायम गरेका हुन् ।


ADVERTISEMENT


उनले २३ हजार १ सय १७ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले १९ हजार ४ सय ७५ मत ल्याएका छन् । अहिलेसम्म ४५ हजार १ सय ७३ मत गणना भएको छ । गोरखा २ मा अब १५ हजार मत गणना गर्न बाँकी रहेको छ ।


ADVERTISEMENT

# # #