काठमाण्डौं-वाम गठबन्धनको तर्फबाट ५ नं प्रदेशको मुख्यमन्त्रीको रुपमा चित्रण गरिएका एमाले नेता शंकर पोख्रेल दाङ क्षेत्र नं २ (क)को प्रदेश सभामा विजयी भएका छन् ।


ADVERTISEMENT


पोख्रेलले आफना प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कमल किशोर घिमिरेलाई झण्डै ९ हजार मतान्तरले जित निकालेका हुन् । २ (क) को मतगणनाको अन्तिम परिणाम अनुसार पोख्रेलले २० हजार ४ सय ९४ मत पाएका छन् भने कांग्रेस उम्मेदवार कमलकिशोर घिमिरेले ११ हजार १ सय ६९ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


५१ हजार ७ सय मतदाता रहेका यस क्षेत्रमा ३५ हजार ५ सय ४२ मत खसेको थियो । दाङ २ बाट प्रतिनिधि सभामा उम्मेदवार बन्न खोजेका पोख्रेल मुख्यमन्त्रीको पक्का भए पछि प्रदेशमा झरेर कृष्ण बहादुर महरालाई प्रतिनिधि सभाका लागि ठाउँ छोडिदिएका थिए । २०७० सालको संविधान सभा निर्वाचनमा दाङ क्षेत्र नं ४ बाट काग्रेसका जिल्लास्तरीय नेता बुद्धिराम भण्डारीसँग हार बेहोरेका थिए ।

दाङ दुई नम्वर क्षेत्रका संघ र दुई वटै प्रदेशमा गठबन्धनका उम्मेदवारहरु भारी मतले अगाडी छन् । जिल्लामा ३ (क) बाहेक अन्य सबै क्षेत्रमा वाम गठबन्धनको अग्रता कायमै रहेको छ ।

जिल्लाको निर्वाचन क्षेत्र ३ (१)मा भने काग्रेस उम्मेदवार डिल्ली बहादुर चौधरीले अग्रता लिएका छन् । गठबन्धनका उम्मेदवार भन्दा अहिले सम्म आठ सय मतले चौधरी अघि देखिएका छन् ।