काठमाण्डौं-प्रदेश ६ का मुख्यमन्त्रीका दाबेदार महेन्द्रबहादुर शाही कालीकोट(ख)बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।


ADVERTISEMENT


बिनाविभागीय मन्त्रीसमेत रहेका शाही १२ हजार १५३ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका कालिबहादुर शहकारीले ९ हजार ३४२ मत ल्याएर पराजित भएका छन् । शाहीले शहकारीलाई २८ सय ११ मतको अन्तरले पछाडि पारेका हुन् । प्रदेश (ख) मा २३ हजार ७७८ मत खसेको थियो ।


ADVERTISEMENT

# # #