काठमाण्डौं-काठमाडौं क्षेत्र १० मा कांग्रेसका राजेन्द्र केसी विजयी भएका छन् । २ हजार २ सय ८३ मत अन्तरले माओवादी केन्द्रका हितमान शाक्यलाई पछि पार्दै केसीले जितेका हुन् । केसीले २४ हजार १ सय ९० मत ल्याएका छन् भने शाक्यले २१ हजार ९ सय ७ मत ल्याएका छन् । ५५ हजार १ सय १० मत खसेकोको थियो । यसमध्ये १ हजार ७ सय ६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


काठमाडौंका १० क्षेत्रमध्ये कांग्रेसले केसीसहित तीन क्षेत्रमा जित हात पारेको छ । काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह र क्षेत्र नम्बर ४ मा गगन थापाले जितेका हुन्


ADVERTISEMENT

# # #