काठमाण्डौं-काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधि सभाको मतगणना तेस्रो पटक रोकिएको छ। शुक्रबार दिउँसो २ बजे स्थगित भएको मतगणना राति ८ बजे सुरु हुनासाथ रोकिएको थियो भने शनिबार बिहान ९ बजे सुरु भएको एक घण्टा नबित्दै पुनः स्थगित भएको हो ।


ADVERTISEMENT


१२८२ मत गनेपछि साढे १० बजे चारवटा बुथमा पाँचवटा फरक हस्ताक्षर देखिएपछि मतगणना पुनः स्थगित भएको हो । नेपाली कांग्रेसका प्रतिनिधि अशोक न्यौपानेका अनुसार गुठीघर सत्तल क र युनिभर्सल स्कुल ख, सरस्वती मावि ख, स्काईलार्क क को मत गणना भइरहेको थियो । हस्ताक्षर नमिलेको भन्दै विवाद गरेपछि नेपाली कांग्रेसका प्रतिनिधि उत्तर पाठकलाई मतगणना स्थलबाट बाहिर निकालिएको छ ।


ADVERTISEMENT

# # #


उनले सुरक्षाकर्मी लगाएर अलोकतान्त्रिक शैलीमा आफूलाई मतगणना स्थलबाट बाहिर निकालेको जानकारी दिए ।

मतगणना स्थलमा रहेका स्वतन्त्रका उम्मेदवार एक प्रतिनिधिले भने पाठकले निर्वाचन अधिकृतसँग आक्रामक शैलीमा अभद्र व्यवहार देखाएकाले निष्कासन गरिएको जानकारी दिए । गएराति ८ बजे पुनः गणना गर्न खोज्दा पनि मुचुल्का भन्दा तीन भोट बढी मत देखिएपछि मतगणना हुन सकेको थिएन ।

शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको मतगणना मध्याह्न २ बजेतिर मुचुल्क गर्दाको भन्दा १२ मत बढी देखिएपछि स्थगित भएको थियो । यसअघि ९ मत कम हुँदाको विवाद भने आपसमा छलफल गरी गणना नरोक्ने सहमति भएको थियो ।

हालसम्मको गणनाअनुसार, काठमाडौं क्षेत्र ५ मा वामगठबन्धनबाट एमालेका ईश्वर पोखरेलले ४ हजार ९० मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी कांग्रेसका नेता प्रकाशरण महतले दुई हजर दुई सय ६१ मत ल्याएका छन् । विवेकशील साझा पार्टीका उज्जव थापाको ८ सय ९ मत आएको छ । क्षेत्र नम्बर ५ मा ३५ मत बदर भएको छ ।