मोरङ– जिल्ला प्रहरी कार्यालय, मोरङले सीमावर्ती क्षेत्रबाट ३६ किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा गाउँपालिका–२ का २५ वर्षीय मुकेश गुरुङ रहेका छन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी प्रमुख एसपी शान्तिराज कोईरालाका अनुसार, गुरुङ हरिनगराबाट मगंलबार बिहान नेपालबाट भारतको जोगवनीतर्फ लैजादै गरेको अवस्थामा पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


उनीसंगै भएका अन्य दुई भने फरार भएको एसपी कोइरालाले जानकारी दिए । पक्राउ गुरुङलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको उनीमाथि लागुऔषध ऐनअन्तर्गतको मुद्दा अघि बढाउने तयारी छ ।