उदयपुर – परराष्ट्रमन्त्री डा नारायण खड्काले सप्तकोशी नदीमा आएको बाढी पीडितका लागि केन्द्रीय सरकारले राहत र उचित व्यवस्थापन गर्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार सप्तकोशी नदी पुरानै धारमा फर्किएर डुबानमा परेका उदयपुरका विभिन्न स्थान र कोसी कटान क्षेत्रको निरिक्षण गर्दै मन्त्री खड्काले बाढी पीडितका लागि सरकारले उचित प्रवन्ध गर्ने बताएका हुन् । उनले बाढीका कारण हजारौं विस्थापित हुनुपरेको र अब नदीको वहाव कम भएपछि बाध बाध्ने काम सुरु हुने जानकारी दिए ।


ADVERTISEMENT

# # #


कोसीको कटानले उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको श्रीलंका टापू जलमग्न हुँदा २० हजार भन्दा बढी सर्वसाधारण विस्थापित भएका छन् ।