काठमाडौँ– सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गर्न न्याय परिषद्का नाममा आज आदेश जारी गरेको छ ।


ADVERTISEMENT


न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा, केदारप्रसाद चालिसे, अनिलकुमार सिन्हा र सपना मल्लको पूर्ण इजलासले सो इजलास गठन गर्न आदेश जारी गरेको हो । अधिवक्ता माधव बस्नेतले संवैधानिक इजलास छिटो गठन माग गर्दै रिट निवेदन दायर गरेका थिए। संवैधानिक इजलास नहुँदा संवैधानिक विषयका मुद्दामा सुनुवाइ हुन सकेको छैन ।


ADVERTISEMENT

# # #


तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठका पालामा संवैधानिक इजलास गठन भएको थियो । त्यसपछि बीचमा प्रधानन्यायाधीश सुशीला कार्कीले केही समय कामु रहेर काम गर्नुपर्ने अवस्थामा गठन हुन सकेको थिएन । संवैधानिक इजालस न्याय परिषद्ले गठन गर्ने व्यवस्था रहेको छ ।