काठमाडौँ– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्दराज पोखरेलले भूकम्प प्रभावित जिल्लामा घर निर्माण गर्न सहुलियत दरमा काठ उपलब्ध गराउन वन मन्त्रालयसहित सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


भूकम्प प्रभावित जिल्लामा काठको अभावमा सर्वसाधारणले घर बनाउन नसकेको गुनासो आइरहेका बेला प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले आज वनसचिव प्रकाश माथेमा, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य र द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीसँग छलफल गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले काठ उपलब्ध गराउन माग गरेका हुन्।


ADVERTISEMENT

# # #


बैठकमा भूकम्पपीडितलाई सहुलियतमा दिने भनिएको काठ वितरणको प्रक्रिया सहज बनाएर अति प्रभावित १४ जिल्ला सदरमुकामसम्म ढुवानी गर्ने व्यवस्था मिलाउन पोखरेलले आग्रह गरेका छन् ।

आवश्यक गृहकार्य गरी सक्दो छिटो भूकम्प प्रभावित जिल्लामा सहुलियत दरमा काठ उपलब्ध गराउन पहल गरिने विभागका महानिर्देशक आचार्यले बताए ।