काठमाण्डौं-ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नवराज सिलवाल विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार तथा पूर्व सांसद उदयशमसेर राणालाई ६ हजार २ सय १७ मतान्तरले पराजित गरे ।


ADVERTISEMENT


सिलवालले ३६ हजार ९४६ मत प्राप्त गर्दै जित हात पार्दा राणाले २० हजार ७२९ मत पाए । प्रतिनिधि सभा सदस्यमा विजयी सिलवाल पूर्व डिअआईजी हुन् ।
उनी डिआईजी पदबाट राजिनामा दिएर चुनाव लडेका थिए ।


ADVERTISEMENT

# # #