काठमाण्डौं-सुरक्षा निकाय सबैको ध्यान चुनावमा केन्द्रित भइरहेका बेलामा भारतमा लैजान लागिएको १४ किलो चरेससहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सुराकीको आधारमा गस्तीमा गएको संघीय प्रहरी इकाइ नेपालगन्जको अनुसन्धान टोलीले शुक्रबार राति बाँके जिल्लाको बैजनाथ गाउँपालिकाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


प्रहरीका अनुसार जाजरकोट कुशेगाउँपालिका ८ का २७ वर्षीय अर्जुन बस्नेत, सोही ठाउँका ३० वर्षीय रामबहादुर खत्री, २२ वर्षीय प्रेम खत्री र ४३ वर्षीय प्रेमबादुर खत्रीलाई संघीय प्रहरी इकाइ नेपालगन्जको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार उनीहरुबाट केही नगदसमेत बरामद गरेको छ । पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।