काठमाडौं – गत २०२० मा भएको अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आईडल’ को उपविजेता रहेका आर्थर गन् भनी चिनिने गीतकार, संगीतकार तथा गायक दिवेश पोखरेललाई डेनिस बियर ब्राण्ड टुबोर्गको पहलमा नेपाल आउने भएका छन् ।


ADVERTISEMENT


आर्थरले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान लगायत नेपालका विभिन्न सहरहरुमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन् ।


ADVERTISEMENT

# # #


सन् २०२० मा अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आईडल १८औं सिजन’ को एक हिस्सा बनेपछि आर्थर गन्को लोकप्रियता निकै बढ्यो । प्राय दर्शकहरुले उनलाई उनको अमेरिकन आईडल अडिसनबाट चिन्न सक्छन् जहाँ उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रीडेन्स् क्लियरवाटर रिभाईभल्को ह्याब् यु एभर सिन द रेन नामक गीतहरु गाएका थिए । उनको प्रस्तुतीलाई सबै ३ निर्णायकहरुद्वारा धेरै प्रशंसा गरिएको थियो भने विश्व प्रसिद्ध गायिका केटि पेरीले उनलाई ‘हि ईज द बेस्ट’ भनी प्रशंसा पनि गरेकी थिइन् ।

उनको भिन्न र अद्वितीय स्वरलाई धेरै लोकप्रिय अन्तर्राष्ट्रिय गायकहरु र कलाकारहरुले समस्त कार्यक्रम भरि प्रशंसा गरे । हालसम्म उनले कुल ८ वटा गीतहरु रहेको आफ्नो पहिलो एल्बम, ग्रहण, २०१८ को शुरुवातमा रिलिज गरे र अर्को एल्बम, खोज, २०१९ मा म, खोज र कर्णाली लगायतका गीतहरु सहित जारी गरेका छन् ।

विश्वभरका दर्शकहरुबाट अपार माया र समर्थन पाएपछि, आर्थरले सबैको मायाको प्रतिफल दिन मातृभूमि नेपाल फर्कने योजना बनाएका छन् । टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन् इभेन्ट्ससँगको सहकार्यमा उनलाई नेपाल ल्याउन सफल भएको छ जहाँ आर्थरले नेपालको विभिन्न सहरमा प्रत्यक्ष प्रस्तुति दिनेछन् ।

गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर, आशिष विष्ट भन्छन्, ‘टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रही आएको छ । टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतको विभिन्न विधालाई सधैं समर्थन गर्दै आएको छ । सोही समर्थनलाई निरन्तरता दिँदै आर्थर गन्सँग आबद्ध हुन पाउँदा निकै गर्व महसुस गरेका छौं किनभने उनले आफ्नो संगीतमार्फत नेपाली संगीत प्रेमीहरूलाई गौरवान्वित बनाएका छन् ।’

आर्थरले भने, ‘अन्ततः मेरो जन्मभूमि नेपाल फर्केर आउन पाउँदा म धेरै खुसी छु । यस टुरलाई सम्पन्न गर्न सहयोग गरेकोमा टुबोर्ग प्रति निकै धन्य छु । म सबैलाई भेट्न र मेरो यात्रामा मलाई साथ दिनुहुने मेरो शुभचिन्तकहरुको माझमा प्रस्तुति दिन निकै उत्साहित छु ।’