काठमाडौँ – काठमाडौँ बालाजुस्थित जुत्ता काराखानामा आगलागी भएको भएको छ ।


ADVERTISEMENT


काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासमा सञ्चालनमा रहेको ‘अन वल्र्ड फुटवेयर’मा भएको आगलागी नेपाली सेना, शसस्त्र, नेपाल प्रहरी लगाएत काठमाडौँ, ललितपुर महानगरपालिका, भक्तपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सातवटा दमकलले नियन्त्रणमा लिएको थियो ।


ADVERTISEMENT

# # #


श्रीराम पाण्डेले सञ्चालन गरेको उक्त जुत्ता कारखानामा आगो लागेको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको पूर्व विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।