काठमाडौं – राजस्व अनुसन्धान विभागले तीन जनाविरुद्ध विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दायर गरेको छ।


ADVERTISEMENT


विभागले काठमाडौं जिल्ला अदालतमा नुवाकोट ककनी ३ का नवराज ढुंगाना, सोही स्थानका बालाजुमा शिव सर्भिस एन्ड मल्टिपर्पोज प्रालि सञ्चालन गर्ने फणीन्द्रप्रसाद ढुंगाना र सोही स्थानका जापान बस्दै आएका प्रज्वल ढुंगानाविरुद्ध मुद्दा दायर गरेको हो।


ADVERTISEMENT

# # #


उनीहरुसँग ६९ लाख ९९ हजार रुपैयाँ जफत गरिपाउने मागदाबी गरिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजु काठमाडौंको संयुक्त टोलीले ककनीबाट नवराजलाई ६९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ गरेको थियो। प्रहरी अनुसन्धानमा  रकम हुन्डीको भएको खुलेको थियो।

जापानमा रहेका प्रज्वलले सुवास जंग पाण्डेलाई भनेअनुसार सुवासले नवराज र फणीन्द्रलाई उक्त रकम उपलब्ध गराएको देखिएको विभागले जनाएको छ।

बरामद रकम पुष्टि गर्ने कुनै कागजात नभेटिएको, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र नलिएको, नेपाल आउनुपर्ने विदेशी मुद्रा विदेशमै राखी उक्त बराबरको नेपाली रुपैयाँबराबरको विदेशी मुद्राको अवैध कारोबार गरेकोले विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा ३९१०, ४९१०, ५, ९ ग ९ग० तथा १२ विपरीत कसुर गरेको देखिएकोले मुद्दा दायर गरिएको जनाइएको छ।

विभागको विज्ञप्ति