काठमाडौं – हाँस्दा हुन्छ तनाव कम हुने गर्दछ । तपाईं कतिको हाँस्नु हुन्छ ? हाँस्दा स्वास्थ्यलाई निकै फाईदा हुन्छ भन्ने कुरा तपाईंलाई थाहा छ ?  कतिलाई थाहा होला , हाँस्दा के के कुरामा फाईदा हुन्छ भनेर । तर कतिलाई थाहा नहुन सक्छ । हाँस्दा शरीररको कुन कुन अंगमा फाईदा पुग्छ भन्ने कुरा आज बताउन गईरहेका छौ । डिप्रेसन र तनाव लिने बिरामीहरुका लागि हाँस्नु नै औषधी रहेको कुरा तपाईंलाई थाहा छ ?


ADVERTISEMENT


हाँस्दा तनाव कम हुने भएकाले गर्दा यसले सर्वप्रथम शरीर र दिमागलाई फाईदा पूर्याउने काम गर्दछ । धेरै हाँस्ने मानिसलाई राती मिठो निन्द्रा समेत लाग्छ । हाँस्दा एन्टीबडी बन्ने कोशिकाको संख्या बढ्ने गर्छ । जसको कारणले गर्दा रोगसँग लड्न सक्ने क्षमतामा बृद्धि हुन्छ ।


ADVERTISEMENT

# # #


मज्जाले हाँस्दा शरीरको रक्तसंचार नियन्त्रणमा रहन्छ । खुलेर हाँसेको अवस्थामा शरीरले धेरै मात्रामा अक्सिजन पाउँछ जसले धड्कनलाई नियन्त्रणमा राख्छ । धेरै हाँस्ने मानिस लामो समयसम्म जवान हुन सक्छ । त्यसैले हाँस्नु स्वास्थ्यको लागी निकै फाईदाजनक रहेको छ ।