काठमाण्डौं-संसदीय निर्वाचनमा अपराजित नेताको कांग्रेस नेता पूर्णबहादुर खड्का पराजित भएका छन् । सुर्खेत क्षेत्र नम्बर १ मा खड्कालाई हराउँदै एमालेका ध्रुब शाही विजयी भएका छन् । यो सँगै खड्काको अपराजित यात्रमा पूर्णबिराम लागेको छ ।


ADVERTISEMENT


कांग्रेसका पूर्व गृहमन्त्री रहेका खड्का ३३ हजार ३ सय ७७ ल्याउँदा विजयी उम्मेदवार शाहीले ३६ हजार ८५९ मत पाए ।


ADVERTISEMENT

# # #


खड्काले २०४८ पछि लगातार चुनाव जित्दै आएका थिए । ०६४ को संविधानसभा निर्वाचनमा भने उनी चुनाव नै लडेका थिएनन् ।