काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला साफ च्याम्पियनसिपका लागि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय आयोजक समिति गठन गर्ने यसअघिको निर्णय स्वीकृत गरेको छ।


ADVERTISEMENT


एन्फाका अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यतामा सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहीबार सम्पन्न कार्यसमितिको दोस्रो बैठकले उक्त निर्णय स्वीकृत गरेको हो । साफ भदौ ६ देखि १९ गतेसम्म काठमाडौंस्थित दरशथ रंगशालामा आयोजना हुनेछ।


ADVERTISEMENT

# # #


यस्तै, बैठकले महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा र टोली व्यवस्थापकमा विन्द्रा दिवानलाई नियुक्त गर्ने निर्णय पनि स्वीकृत गरेको छ। बैठकले आगामी साफ महिला च्याम्पियनसिपको सामान्य र भीआईपी प्यारापिटको लागि क्रमशः ३ सय र ५ सय रुपैयाँ टिकट मूल्य तोकेको छ।

‘फिफा विन्डो’ अन्तर्गत नेपालले सेप्टेम्बर २७ मा बंगलादेशको राष्ट्रिय टोलीसँग काठमाडौंमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। बैठकले एन्फाको प्रवक्तामा सुरेश साहलाई नियुक्त गरेको छ ।

बैठकका निर्णयहरु