काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो एक भाइ रहेको र उनी वडा कमिटीमा रहेर काम गरिरहेको बताएका छन्।


ADVERTISEMENT


राजनीतिमा नातावादको चरम असन्तुष्टि बढिरहँदा अध्यक्ष ओलीले नेकपा एमाले त्यस्तो पार्टी नभएको उल्लेख गर्दै भने, ‘मेरो एक जना भाइ छ, ऊ अहिले भद्रपुरमा हलो जोतेर आफ्नो जिविका चलाएर बसेको छ ऊ अहिले वडा कमिटीमा संगठित रहेको छ।’ उनले आफ्नो श्रीमती पनि राजनीतिमा नआउने उल्लेख गरे।


ADVERTISEMENT

# # #


काठमाडौंमा भएको एक कार्यक्रमा अध्यक्ष ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै आफ्नो पार्टी छोरी, बुहारी, जुवाईँ र अन्य कुनैलाई पनि पार्टीका शीर्ष तहमा ल्याउने पार्टी एमाले नभएको उल्लेख गरे।

यस्तै उनले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन्। आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए।

आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको बताउँदै उनले भने, ‘तपाईंहरुले उपचार गरिदिनुभयो भने हुन्छ। मैले मेरो घरजग्गा बेच्न पनि पाउँदैन । किनभने दान गरिसकेको छु।’