काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली टोलीमा आगामी २-३  महिनाभित्रै परिवर्तन देखिन थाल्ने दाबी गरेका छन् ।


ADVERTISEMENT


मुख्य प्रशिक्षकमा पनुयक्त भएपछि आइतबार पहिलो पटक पत्रकारहरुसँग अन्तक्रिया गर्दै उनले नेपाली टोलीमा सकारात्मक परिवर्तन ल्याउन आफ्नो ध्यान केन्द्रित हुने बताएका हुन् । उनले भने, ‘हामीले आधारभूत पक्षमा काम गर्नुपर्छ । रातारात कुनै परिवर्तन गर्न सकिँन्न । मैँले ते योजना बनाइरहेको छु, त्यसका लागि समय चाहिन्छ । २–३ महिनाको अवधिमा तपाईंहरुले परिवर्तन देख्नु थाल्नुहुनेछ ।’


ADVERTISEMENT

# # #


उनले नेपाली टोली निकै युवा रहेको र खेलाडीमा सिक्ने र सुन्ने भोक भएकाले भविष्य निकै राम्रो हुने बताए । ‘मलाई आगामी २-३ वर्षमा मुख्य फाइदा के हुनेछ भने यो टोली निकै युवा छ । यस्तो उमेर समूहमा तपाईं आफ्नो अनुभव बाँड्न र तत्काल त्यसको प्रतिक्रिया पाउन सक्नुहुन्छ ।’ उनले भने, ‘मैँले आज मात्रै अभ्याससत्रमा भाग लिन पाएको थिएँ । जसरी उनीहरु (खेलाडी)ले सुनिरहेका थिए, त्यो निकै फलदायी रह्यो ।’

विश्वकप लिग–२ मा संघर्ष गरिरहेको नेपालका लागि बाँकी रहेका १६ खेलमध्ये अधिकतम जित्ने लक्ष्य हुने उनले बताए । उनले भने, ‘मलाई लाग्दा हामीले लिग–२ मा २० खेल खेलेका छौँ र जसमा ११ वटा खेलमा हार व्यहोरेका छौँ । बाँकी रहेका १६ खेलमा हामीले लगावका साथ अधिकतम खेल जित्नुपर्नेछ । यो नै हाम्रो पहिलो लक्ष्य हुनेछ ।’

मुख्य प्रशिक्षक प्रभाकरले लगातार अराब प्रदर्शन गरिरहेको नेपाली टोलीमा सुधार हुने अपेक्षा गरे । उनले भने, ‘खेलाडीहरू कडा प्रहार गर्न लक्षित छन्। तर, शैली हराइरहेको छ । जब उनीहरूले क्रिकेटको प्राविधिक पक्ष बुझ्छन्। त्यसपछि नेपालको ब्याटिङ अर्डरमा ठूलो परिवर्तन देख्नुहुनेछ ।’ यस्तै उनले टेस्ट मान्यताको यात्रा तयका लागि सर्वप्रथम एकदिवसीयमा अर्थपूर्ण प्रदर्शन गर्नुपर्ने बताए ।

यस्तै उनले नेपाली टोलीभित्र रहेको गुटउपगुट र मनमुटाव विस्तारै कम हुने विश्वास व्यक्त गरे । तत्कालीन प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले साउन २३ गते भारतका प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

शनिबार मात्रै नेपाल आइपुगेका मुख्य प्रशिक्षक प्रभाकरले आजै खेलाडीसँग अध्याससत्रमा भाग समेत लिएका थिए । नेपाली टोलीले केन्यासँग उसकै घरेलू मैदानमा यही अगस्ट २५देखि ५ खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज र ३ खेलको एक दिवसीय सिरिज खेल्दैछ ।