काठमाण्डौं-झापाका पाँच निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ४ बाट एमालेका एलपी साँवा लिम्बुले पहिलो बिजयी खाता खोलेका छन् । आइतवार विहान सम्पन्न मतगणनामा एमालेका लिम्बुले कांग्रेसका देउकुमार थेबेलाई १७ हजार भन्दा बढीको फराकिलो अन्तरमा पराजित गरेका हुन् ।


ADVERTISEMENT


एमालेका साँबाले ४३ हजार ५१५ मत प्राप्त गरी बिजयी हुँदा कांग्रेसका देउकुमार थेबेले २६ हजार ८२२ मत प्राप्त गरे । साँवा ०७० मा कांग्रेसका केशवकुमार बुढाथोकीसँग दुई सय भन्दा कम मतान्तरमा पराजित भएका थिए । प्रदेशसभा तर्फ पनि वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।


ADVERTISEMENT

# # #


प्रदेशसभातर्फ क्षेत्रनम्बर ४ ‘क’मा माओवादी केन्द्रका उम्मेदवार झलक बहादुर दर्लामी १७ हजार २५६ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किरण भट्टराई १२ हजार ४८१ मत पाए ।

यसैगरी क्षेत्रनम्बर ४ ‘ख’मा एमालेका उम्मेदवार हिराकुमार थापा २४ हजार ९०१ मतले विजयी हुँदा कांग्रेस उम्मेदवार उत्तम कुमार शर्माले १४ हजार ९६५ मत पाए ।